जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय युवानीति भदौ महिनाभित्रै जारी गर्छौं : मन्त्री चौधरी

राष्ट्रिय युवानीति भदौ महिनाभित्रै जारी गर्छौं : मन्त्री चौधरी

काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले स्वस्थ, कर्मठ र उद्यमी युवा तयार पार्ने संकल्प गर्न आवश्यक रहेको उल्लेख गरे ।

’नेपाली युवाहरुको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक छ । निकट भविष्यमै राष्ट्रिय युवा नीति, २०८१ जारी गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । सकेसम्म भदौ महिनाभित्रै ल्याउने जाजकारी म तपाईंहरुलाई गराउन चाहन्छु ’मन्त्री चौधरीले भने ।

उनले नेपाली युवाहरुको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक रहेको बताए ।’दिगो विकासका लक्ष्य प्राप्तिका लागि माबोइल, उपकरण, डिजिटल प्लेटफर्महरु, आर्टिफिसियल इन्टलिजेन्स भएको विकासका महत्वपूर्ण साधन बनेको छ । यसले आर्थिक, सामाजिक वातावरणीय आयामहरुमा गहिरो प्रभाव पार्नुका साथै नीति निर्माणका लागि समेत आधार तय गर्दै गएको छ । समृद्ध नेपालका लागि युवा र प्रविधि उत्तम प्रयोग गर्न सक्नुपर्छ,’ मन्त्री चौधरीले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका