जोडिनुहोस
  • होमपेज
  • बंगालादेशका प्रदर्शनकारीले भत्काए ‘भारतीय स्मारक’

बंगालादेशका प्रदर्शनकारीले भत्काए ‘भारतीय स्मारक’

काठमाडौं। बंगलादेशमा प्रदर्शनकारीहरूले सन् १९७१ युद्धसँग सम्बन्धित राष्ट्रिय स्मारक भत्काएका छन्। मुजिबनगरमा अवस्थित यो स्मारक भारत–मुक्तिवाहिनी सेनाको विजय र पाकिस्तानी सेनाको पराजयको प्रतीक थियो।

१६ डिसेम्बर १९७१ मा पाकिस्तानका लेफ्टिनेन्ट जनरल एएके नियाजीले हजारौं सैनिकसहित भारतीय सेनासमक्ष आत्मसमर्पण गरेका थिए।

उनले भारतीय सेनाका अफिसर कमाण्डिङ–इन–चीफ लेफ्टिनेन्ट जनरल जगजीत सिंह अरोराको अगाडि कागजातमा हस्ताक्षर गरे। उनको छवि यस स्मारकमा चित्रण गरिएको थियो।

तर, सो स्मारक भत्काएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका