जोडिनुहोस
  • होमपेज
  • भासिएको दाउन्ने सडक पुन : सञ्चालनमा

भासिएको दाउन्ने सडक पुन : सञ्चालनमा

काठमाडौं। पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएको छ ।

सडक भासिएसँगै केही समयका लागि यातायात सञ्चलनमा रोक लगाइएपनि अहिले मर्मतपछि आवतजावतका लागि खुला गरिएको हो ।

नवलपुरको दाउन्नेमा गएराति सडक भासिएको थियो । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गरिएको थियो ।

अहिले आंशिक रुपमा शतर्कताकासाथ सडक सञ्चलन गरिएको बताइएको छ । सडक भासिएसँगै यातायात सञ्चालनमा अवरोध हुनुका साथै आम नागरिकहरुको दिनचर्यासमेत अस्तव्यस्त भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका