जोडिनुहोस
  • होमपेज
  • जलनसम्बन्धी विधेयक दर्ता गराउँदै रास्वपा

जलनसम्बन्धी विधेयक दर्ता गराउँदै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने बताएको छ ।

आज बसेको संसदीय दलको बैठकले विधेयक दर्ता गर्ने तयारी गरेको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

उनका अनुसार जलनसम्बन्धी विधेयक दर्ता गराउने अन्तिम तयारीमा रास्वपा छ ।

परियारले भने, ‘हामीले जलनसम्बन्धी गैरसरकारी एउटा विधेयक दर्ता गराउने तयारी गरेका छौँ । छलफल हुँदै छ सम्भवतः आज नै दर्ता गछौं।’

प्रतिनिधिसभामा आज पेस हुन लागेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको रास्वपाले समर्थन गर्ने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका