जोडिनुहोस
  • होमपेज
  • भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटीमा सवार यात्रुको मृत्यु

भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटीमा सवार यात्रुको मृत्यु

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा एउटा ट्रकले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा स्कुटरमा सवार यात्रुको ज्यान गएको छ ।

ट्रकले स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म सोहोरेर लगेको थियो । सोहोरेर लगेपछि स्कुटरमा सवार महिला यात्रुको शरीर क्षतविक्षत भएको छ ।

ज्यान गुमाएका व्यक्तिको अहिलेसम्म पहिचान खुलिसकेको छैन । घटनास्थलमा ज्यान गुमाएका व्यक्तिको झोला भेटिएको छ । त्यसमा किताब कपीहरू भेटिएका छन् ।

ज्यान गुमाउनेमा स्कुटरमा सवार विद्यार्थी रहेको बताइएको छ । दुर्घटनापछि जम्मा भएको भिडले ट्रकमा तोडफोड गरेका छन् । दुर्घटनापछि अहिले भक्तपुर काठमाडौं सडक ठप्प भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका