जोडिनुहोस
  • होमपेज
  • भक्तपुरको गठ्ठाघर क्षेत्र तनावपूर्ण, सशस्त्र परिचालन

भक्तपुरको गठ्ठाघर क्षेत्र तनावपूर्ण, सशस्त्र परिचालन

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटर चालकलाई ठक्कर दिएर ज्यान गएपछि अहिले उक्त क्षेत्र तनावग्रस्त बनेको छ । बिहीवार अपरान्ह काठमाडौंको कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी वेद विष्टका अनुसार अहिले स्थानीयले ढुंगामुडा गरेर प्रहरीलाई त्यस ठाउँमा जान दिएका छैनन् । सडक नै अवरुद्ध भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । ट्रकले स्कुटर चालकलाई घिसार्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

एसपी विष्टका अनुसार क्रेनले ट्रक उठाएपछि मात्रै च्यापिएकी स्कुटर चालकलाई झिक्न मिल्छ । उनले भने, ‘क्रेन घटनास्थल पुगिससकेको छ, स्थिति नियन्त्रणमा आउने बित्तिकै हामी स्कुटर चालकको शव निकाल्छौं ।’

अहिले मृतकको नाम खुलिनसकेको जानकारी विष्टले दिए । बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो । तर ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासि ब्रेक लगाउँदा स्कुटरलाई करिब २० मिटर घिसारेको हो । ट्राफिकले लुकेर चेकजाँच गरेको र ट्रकले एक्कासि ब्रेक लगाउँदा दुर्घटना निम्तिएको भन्दै सर्वसाधारणले विरोध गरेका हुन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका