जोडिनुहोस
  • होमपेज
  • लमजुङ कारागारमा कैदी र थुनुवाबीच झडप

लमजुङ कारागारमा कैदी र थुनुवाबीच झडप

लमजुङ। बेंसीसहरस्थित जिल्ला कारागारका कैदी र थुनुवाबीच झडप भएको छ। प्रहरीका अनुसार शनिबार राति ७ बजेतिर कैदी र थुनुवाको दुई पक्षबीच झडप भएको हो।

चौकीदार र झडपमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए।

झडपमा संलग्न कैदी अमल घले, श्रीकृष्ण चिलुवाल र देव गुरुङ साथै थुनुवा मौलादिन मिया र तेज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरीको थुनुवा कक्षमा लगिएको छ। यस्तै, चौकीदार खुसीराम मग्रातीलाई पनि नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याएको डीएसपी श्रीवास्तवले बताए।

झडपमा संलग्नलाई छुट्याउने क्रममा कैदीहरू चिजकुमार श्रेष्ठ, सन्दीप श्रेष्ठ र दीपक सुनार घाइते भएका छन्। प्रहरीका अनुसार कैदी–थुनुवाबीच चौकीदारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै एकअर्काप्रति आरोपप्रत्यारोप हुँदा झगडा भएको र थप अनुसन्धान भइरहेको डीएसपी श्रीवास्तवले बताए।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
In-depth Analysis of Online Casinos in 2025 and Beyond