जोडिनुहोस
  • होमपेज
  • मुलुकमा छिट्टै शतप्रतिशत विद्युतीकरणको घोषणा हुन्छ : कुलमान

मुलुकमा छिट्टै शतप्रतिशत विद्युतीकरणको घोषणा हुन्छ : कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छिट्टै मुलुकमा शतप्रतिशत विद्युतीकरण घोषणा हुने बताएका छन् । शनिबार विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सव कार्यक्रममा उनले मुलुकमा शतप्रतिशत विद्युतीकरण भएको घोषणा हुने अवस्थामा पुगेको बताएका हुन् ।

आठ वर्षअघि करिब ५८ प्रतिशत घरधुरीमा मात्र विद्युत् पुगेको उनले उल्लेख गरे । विद्युत् सेवा हाल करिब ९९ प्रतिशतभन्दा बढीमा पुगेको भन्दै उनले सरकारले सञ्चालन गरेको ‘उज्यालो नेपाल’ अभियानको सबैभन्दा ठूलो सफलता नै यही भएको बताए ।

कार्यकारी निर्देशक घिसिङले प्राकृतिक र प्राविधिक कारणले केही क्षण बत्ती जाने र आउने हुने गरेको बताए । लोडसेडिङ भने इतिहासको विषय भइसकेको उनले सुनाए । उनले वर्षायाममा भारततर्फ विद्युत् निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन र व्यापार घाटा कम गर्न सक्ने अवस्थामा पुगेको जानकारी गराए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका