जोडिनुहोस
  • होमपेज
  • ललितपुरको कुम्भेश्वरमा विहानै आगलागी

ललितपुरको कुम्भेश्वरमा विहानै आगलागी

काठमाडौं । ललितपुरको कुम्भेश्वरस्थित कोःदाहालको एक घरमा आज (सोमबार) बिहानै आगलागी भएको छ । आगलागी भएका बेला घरमा कोही नभएको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिएका छन् । आज जात्राको दिन भएकाले भूइँतलामा जेरी, स्वारी पकाउने काम भइरहेको थियो ।

त्यहीबेला ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए । आगलागी २५ जना नगर प्रहरी, ३ वटा दमकल १ पानी ट्यांकरको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको थियो । घटनाको विवरण आउन बाँकी रहेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका