जोडिनुहोस
  • होमपेज
  • नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बाल साहित्य महोत्सव हुँदै

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बाल साहित्य महोत्सव हुँदै

काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बाल साहित्य महोत्सव हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रुम टु रिडको संयुक्त आयोजनामा आगामी असोज ४ र ५ गते बालसाहित्य सम्मेलन हुन लागेको काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाका अनुसार सम्मेलनमा भारत, चीन, श्रीलंका, जापान, अमेरिका लगायत २५ लेखक तथा सर्जकहरु सहभागी हुनेछन् । सम्मेलनमा बालबालिलकाको क्षेत्रमा गरिएका दुई दर्जनभन्दा बढी अनुसन्धान पत्र, बाल साहित्य प्रस्तुत गरिने जनाइएको छ । सम्मेलनले नेपाली बालसाहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने आयोजकको विश्वास छ । सम्मेलनमा कथा वाचन सत्र, बाल पुस्तक तथा कला प्रदर्शनी हुनेछन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका