जोडिनुहोस
  • होमपेज
  • बझाङ पहिरोमा ज्यान गुमाएकाका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

बझाङ पहिरोमा ज्यान गुमाएकाका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

कैलाली । बझाङको बुंगल नगरपालिका–१०, टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएकाका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहतस्वरूप उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

आइतबार राति (सोमबार बिहान) १ बजे परेको अविरल वर्षाका कारण टुमेडागाउँका वीरबहादुर धामीको घर पहिरोले पुरिँदा उनकी ५५ वर्षीया श्रीमती काली धामी, २५ वर्षीया जेठी बुहारी गोल्की, ६ वर्षीया नातिनी आकृति र तीन वर्षीया नातिनी लक्ष्मी गरी चारजनाको ज्यान गएको थियो ।

मुख्यमन्त्री शाहले पहिरोमा ज्यान गुमाएकाका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, तत्काल उद्धार तथा राहत कार्यमा संलग्न हुन सम्बन्धित निकायलाई निर्देशन दिइएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका