जोडिनुहोस
  • होमपेज
  • मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

दाङमा मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ का बिष्णु चौधरी सोही ठाउँका देबदास देबकोटा, श्रीजन रिजाल र शिशिर खड्का रहेका छन्।

उनीहरूले तुलसीपुरका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरेका थिए। हिजो सोमबार अस्थायी प्रहरी पोष्ट कोठरीबाट खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको हो। तुलसीपुर– १५ पहरुवा स्थित एक नर्सरीमा  मोटरसाइकलको पार्ट खोल्दै गर्दा चार जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

प्रहरी मोटरसाइकल चोरी गर्ने चार जनासहित उनीहरूले चोरी गरेको रा ८ प ३३५८ नम्बरको २२० पल्सर र रा ६ प ७७४१ नम्बरको २२० सिसीकै पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका