जोडिनुहोस
  • होमपेज
  • देशमा दुराचार व्याप्त छ, जनताले राजा खोजेका छन् : कालीबाबा

देशमा दुराचार व्याप्त छ, जनताले राजा खोजेका छन् : कालीबाबा

काठमाडौं। गुरु बाबा कालीदास स्वामी कृष्णानन्द परमहंश कालीबाबा ले भ्रष्टाचार र दुराचारले नेपाल जर्जर भएको बताएका छन्।

मङ्गलबार भारत जानुअघि काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले युवा, युवतीहरूले विदेशमा गएर श्रम बेचेर पठाएको पैसाले नेताहरूले अमेरिका, बेलायत, स्कटल्याण्डमा आफ्ना सन्तानलाई शिक्षा, दिक्षाका लागि पठाइरहेको भन्दै यो कस्तो नैतिकता होरु भन्दै प्रश्न गरे।

उनले सबै नेपालीले यसबारेमा सोच्नुपर्ने बेला भएको बताए। उनले नेपालमा अहिले अनैतिक, दुराचार, भ्रष्टाचार भइरहेको भन्दै नेपाली जनताले अब सहन नहुने बताए।

नेताहरूले नेपाललाई हिन्दुराष्ट्र घोषणा नगरेसम्म नेपालमा आफूले अभियान सञ्चालन गरिरहने बताए। उनले आफूले नेपालका विभिन्न स्थानमा भ्रमण गर्ने क्रममा नेपाली जनताले राजा ल्याइदिन आफूसँग आग्रह गरेको पनि बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका