जोडिनुहोस
  • होमपेज
  • सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

अविरल वर्षाले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । स्याङ्जा सडक खण्ड अन्तर्गत वालिङ नगरपालिका–८ मा पहिरोका कारण बुधबार बिहानैबाट राजमार्ग अवरुद्ध भएको थियो ।

दुईतर्फी राजमार्ग सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा सवारी साधानहरु बाटोमा नै रोकिएका थिए ।

यसैबिच अविरल वर्षाको कारण जिल्लाका प्राय सबै ग्रामीण सडकहरु अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका