जोडिनुहोस
  • होमपेज
  • बुधबार कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट

बुधबार कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट

काठमाडौं। नेपाली बजारमा आज बिहीबार सुनको मूल्य सामान्य घटेको छ । बुधबारको रेकर्ड मूल्यबाट ११ सय रुपैयाँ घट्दै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९ सय कायम भएको हो ।

अघिल्लो दिन सुनको मूल्य १ लाख ५३ हजार रुपैयाँ थियो । जुन मूल्य हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । यसअनुसार ५ रुपैयाँले घटेको चाँदी तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका