जोडिनुहोस
  • होमपेज
  • हुन्डाईको दशैं तिहारलक्षित फेष्टिभ डिलाइट–२०८१ सार्वजनिक, भाग्यमानीले हुन्डाई भेन्यु पाउने

हुन्डाईको दशैं तिहारलक्षित फेष्टिभ डिलाइट–२०८१ सार्वजनिक, भाग्यमानीले हुन्डाई भेन्यु पाउने

काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले दशैं–तिहार लक्षित फेष्टिभ डिलाइट–२०८१ योजना सार्वजनिक गरेको छ ।

आफ्ना ग्राहक महानुभावहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ । यस वर्ष पनि यहि परम्परा कायम राखी एक जना भाग्यमानीले हुन्डाई Made in Nepal भेन्यु लक्की ड्रमार्फत प्राप्त गर्न सक्ने छन् । हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिदै आएको छ ।

हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा १० लाखसम्मको आकर्षक नगद छुट, स्क्राच कार्डमार्फत थप एक लाखसम्मको नगद छुटका साथै एक वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्ने छन् । आफ्ना ग्राहकहरुको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ ।

आउँदै गरेको ११ गते सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ्ग गर्ने ग्राहकहरुले पनि यस योजनाबाट लाभान्वित हुन सक्ने छन् । नाडा अटोशो २०२४ मा हुन्डाईको ] A*2 स्टल भ्रमण गरेर सम्पूर्ण महानुभावहरुले हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सक्ने छन् । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुनेछ ।

यसै अवसरमा हालै चलिरहेको ‘Hyundai Test Drive and Win’ क्याम्पेन अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि शोरुममा गई हुन्डाई गाडी को लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरु हात खाली नहुने गरी प्राप्त गर्न सक्नु हुनेछ ।

लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले नेपालभरी १६ शोरुमहरु, १९ सर्भिस सेन्टरहरु तथा ४३+ चारजिङ पोइन्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडाै‌ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका