
काठमाडौं । आसियान देश थाइल्याण्डमा एसियामै सबैभन्दा पहिलो पटक मंकिपक्स रोग देखिएको छ ।
बीबीसीका अनुसार एसियामा पहिलो पटक र अफ्रिकापछि स्विडेनमा यो रोग देखा परेको विश्वमा त्यसपछि मंकिपक्स एसियामा आएको औपचारिक रूपमा पुष्टि भएको छ ।
गत अगस्ट १४ मा थाइल्याण्डमा यो रोग आएको बताइएको छ ।गत वर्षबाट प्रजातान्त्रिक गणतन्त्र कंगोबाट सुरु भएको मंकिपक्सबाट ४५० को ज्यान गएको औपचारिक पुष्टि भएको छ ।
यो रोगबारेमा विश्व स्वास्थ्य संगठनले पनि सचेतना गराएको छ ।बरुण्डी, केन्या, रुवाण्डा, युगाण्डा लगायतका देशहरूमा यो रोग फैलिसकेको बताइएको छ ।विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपत्कालको रूपमा यो रोगलाई व्याख्या गरेको छ ।