जोडिनुहोस
  • होमपेज
  • भारतीय प्रधानमन्त्री मोदी युक्रेनमा, राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता हुने

भारतीय प्रधानमन्त्री मोदी युक्रेनमा, राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता हुने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुससँग युद्धरत मुलुक युक्रेन पुगेका छन् । उनी पोल्यान्ड हुँदै शुक्रबार युक्रेनको राजभानी किभ पुगेका हुन् । रुस र युक्रेनबीचको युद्धका कारण सुरक्षालाई मध्यनजर गर्दै मोदी ट्रेनमार्फत् पोल्यान्ड पुगेका थिए ।

मोदीले युक्रेनका राष्ट्रपति भ्लादिमीर जेलेन्स्कीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । जेलेन्स्कीसँगको भेटअघि उनले पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कसँगको कुराकानीमा भारत शान्ति र स्थिरता बहालका लागि हर सम्भव तयार रहेको बताएका थिए ।

कुनै पनि समस्याको समाधान युद्धको मैदानबाट गर्न नसकिने भारतीय प्रधानमन्त्री मोदीको भनाइ थियो । युक्रेन यात्राभन्दा झण्डै डेढ महिना अघि उनले रूसको भ्रमण गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका