जोडिनुहोस
  • होमपेज
  • भक्तपुरको डेरी पसलमा आगलागी, साढे ३ लाख बराबरको क्षति

भक्तपुरको डेरी पसलमा आगलागी, साढे ३ लाख बराबरको क्षति

काठमाडौं। भक्तपुरको मध्यपुरठिमी नगरपालिका वडा नम्बर ७ धुन्चेपाखामा रहेको डेरी पसलमा आगलागी भएको छ ।

आज बिहान शिवदूती डेरीमा आगलागी हुँदा ३ लाख ५४ हजार रुपैयाँ बराबरको सामान जलेर क्षति पुगेको भक्तपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले ८ बजेर १९ मिनेटमा आगलागी भएको र ८ बजेर ३१ मिनेटमा आगो नियन्त्रणमा लिइएको जानकारी दिए ।

आगो निभाउन प्रहरी वृत्त ठिमीबाट २० जनाको टोली खटिएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका