जोडिनुहोस
  • होमपेज
  • भारतमा पहिलो पटक लिथियम खानी सञ्चालनमा आउने

भारतमा पहिलो पटक लिथियम खानी सञ्चालनमा आउने

काठमाडौं– भारतमा पहिलो पटक लिथियम खानी सञ्चालनमा आउने भएको छ । भारतको छत्तिसगढ राज्यको कोरबा जिल्लास्थित काटघोरा क्षेत्रमा लिथियम खानी सञ्चालनमा आउने भएको हो ।

टाइम्स अफ इण्डियाका अनुसार भारतीय भौगर्भिक सर्वेक्षणले सो क्षेत्रमा लिथियम भण्डारण रहेको पुष्टि गरेसँगै खानी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । सो क्षेत्रको २ ससय ५० हेक्टर क्षेत्रफलमा १० देखि २ हजार पाट्र्स पर मिलियन (पीपीएम) लिथियम रहेको भौगर्भिक सर्वेक्षणले पुष्टि गरेको छ ।

विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रिका लागि लिथियम निकै महत्त्वपूर्ण पदार्थ मानिन्छ । पछिल्ला केही वर्षयता विश्व बजारमा लिथियमको मागमा पनि उच्च वृद्धि भएको छ । छत्तिसगढ राज्य खनिज पदार्थका लागि भारतभर चर्चित । आर्थिक वर्ष सन् २०२३–२४ मा मात्रै छत्तिसगढ राज्यले खानीबाट १३ हजार करोड भारतीय रुपैयाँ आम्दानी गरेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका