जोडिनुहोस
  • होमपेज
  • साउनमा १ खर्ब २८ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात

साउनमा १ खर्ब २८ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना साउनमा १ खर्ब २८ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्क अनुसार गएको साउनमा नेपालले १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको हो । यसमध्ये सबैभन्दा बढी आयात भएको वस्तुमा डिजेल रहेको छ । एक महिनामा ६ अर्ब ९८ करोड ७१ लाख ९५ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको छ । यस्तै, ५ अर्ब ६९ करोड ३५ लाख रुपैयाँ बराबरको पेट्रोल र ४ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ बराबरको ग्यास आयात भएको छ ।

युरिया मल मात्रै एक महिनामा करिब ४ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । ३ अर्ब ७२ करोड ७२ लाखको स्मार्टफोन भित्रिएको छ । यस्तै, ३ अर्ब ४ लाख रुपैयाँको फलाम आयात हुँदा सूर्यमुखी तेल २ अर्ब ६३ करोड १९ लाख रुपैयाँ बराबरको आयात भएको छ । औषधिजन्य वस्तु २ अर्ब ३७ करोड ४३ लाख रुपैयाँ बराबरको आयात भएको छ । डाइमोनियक फोस्फेट १ अर्ब ७९ करोड ४७ लाख रुपैयाँको र कच्चा सोयाबिन तेल १ अर्ब ३० करोड ७९ लाख रुपैयाँको आयात भएको छ । कोल्जा सीड १ अर्ब २५ करोड ५१ लाख रुपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका