
काठमाडौं । भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । आइतबार बिहान बस दुर्घटना भएको हो ।
बसमा करिब ४३ यात्री सवार रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दुर्घटनामा घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ । दुर्घटनामा घाइते भएकाहरूलाई बिहारको समस्तीपुरस्थित एक क्लिनिकमा भर्ना गरिएको छ । ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना भएको जनाइएको छ ।