जोडिनुहोस
  • होमपेज
  • प्रहरीकै कमजोरीले थुनुवा फरार, फिनेल खाएर ल्याइएको थियो उपचारमा

प्रहरीकै कमजोरीले थुनुवा फरार, फिनेल खाएर ल्याइएको थियो उपचारमा

पुजन घिमिरे

झापा । ४ भदौमा बिर्तामोडको बिर्तासिटी अस्पतालबाट फरार भएका थुनुवा प्रहरीको कमजोरीको काराण फरार भएको पुष्टि भएको छ । इलाका प्रहरी कार्यालयले अनारमनीले पेट दुखेर हिरासतमा रहेका विशाल राईलाई अस्पताल लगिएको भने पनि राईले फिनेल खाएर गाह्रो परेपछि अस्पाल लगिएको प्रहरी स्रोतले जनाएको छ ।

हिरासको ट्वाइलेटजस्तो संवेदनशील ठाउँमा प्रहरीले फिनेल राखेको कारण राईले भदौ ४ गते दिउँसो ३ बजे फिनेल खाएका थिए । प्रहरी स्रोतका अनुसार हिरासतको ड्युटीमा बसेका प्रहरी हवल्दार बमबहादुर राईलाई नै विशालको उपचारको लागि अस्पताल पठाइएको थियो । ड्युटीमा थकित भएका हवल्दार मात्र अस्पतालमा भएकोले मध्यरातमा थुनुवा विशाल राई हतकडी फुस्काई फरार भएका थिए । उनलाई शनिबार प्रहरीले उनलाई पुनस् पक्राउ गरेको छ । पक्राउ गरिएको उपहार स्वरूप हवल्दार बलबहादुर तामाङलाई पुरस्कार दिने योजनामा प्रहरी रहेको बुझिएको छ । तर, यी हवल्दार विवादित छबीका प्रहरी हुन् ।

थुनुवा फरार भएलगतै प्रहरी हवल्दार राईलाई निलम्बन गरी कारबाही सुरु गरिएको थियो । आफ्नै इलाकामा भएको घटनाको विषयमा प्रहरी नायब उपरीक्षाक प्रकाश विष्टलाई निलम्बन, सोधखोज गर्नुको सट्टा उल्टै सो घटना छानबिनको प्रमुख बनाइयो । केही मिडयाले इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको असुली धन्दाको विषयमा समाचार लेख्न कुराकानी गर्न थालेपछि यहाँका डिएसपी विष्ट र चुरीफुरी देखाउने हवल्दार बलबाहादुर तामाङको सेटिङमा पत्रकारकारको ध्यान मोड्न यो हतकान्डा अपनाइएको प्रहरी स्रोतले दाबी गरेको छ ।

बिर्तामोडमा बर्दीको धम्की दिएर असुली धन्दा मञ्चाउने तामाङ निकै शक्ति देखाउन खोज्छन् । कोशी प्रदेशका डिआइजी चन्द्रकुवेर खापुङलाई पनि मासिक पैसा दिएको भन्दै केही गर्न नसक्ने दाबी गर्दै आएका छन् । उनको पहाडी जिल्लामा सरुवा भएको भए पनि लामो समयदेखि बिर्तामोडमा रजगज चलाउँदै आएका छन् । केही समय अघि विवादमा अएपछि केही महिना पहाड गएका उनी फेरि पैसाको शक्तिका कारण बिर्तामोड आएका हुन् । अब उनलाई आफ्नै सेटिङमा घटाएको घटनामा पनि पुरस्कार दिने तयारी भइरहेको स्रोतको दाबी छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका