जोडिनुहोस
  • होमपेज
  • बैंकिङ कसुरमा जेल हाल्ने भन्दा पनि नगद जरिवाना गराउनुपर्छ : स्वर्णिम वाग्ले

बैंकिङ कसुरमा जेल हाल्ने भन्दा पनि नगद जरिवाना गराउनुपर्छ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिसमेत रहेका सांसद स्वार्णिम वाग्लेले बैंकिङ कसुरका अपराधमा जेल हाल्नेभन्दा पनि नगद जरिवाना गराउन आवश्यक रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थसमिति बैठकमा वाग्लेले विश्वव्यापीरूपमा नै जरिवाना गराउने मान्यता रहेको बताए ।

उनले बैंकिङ अपराध पनि एक खालको कसुर भएको बताए । उनले जुनसुकै अपराधमा गर्दा पनि ‘ठोक्ने, जाक्ने, थुन्ने’ भन्ने खालको भाष्य समाजमा बनेकाले त्यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले सानो कसुर गरेमा ठूलो जरिवानास्वरूप कारबाही हुँदा त्यस्तो दुष्कर्म गर्नतर्फ नलाग्ने अवस्था आउने भन्दै यस्तो खालको व्यवस्था गर्न आवश्यक रहेको बताए । सरकारले सबैतिर कडा र प्रहरी लगाउन नसक्ने भएकाले जरिवानाको व्यवस्था गर्न उपयुक्त हुने उनको भनाइ छ ।

“२५ सय वर्ष अगाडि कौटिल्यको अर्थशास्त्रमा पनि त्यही लेखिएको छ, सबैतिरबाट कसिकसाउ गर्न सकिँदैन । प्रहरी सबै ठाउँमा तैनाथ गर्न सकिँदैन, त्यसैले स्पट चेक गर्नुपर्छ । दोषी पाइएमा कडाभन्दा कडा कारबाही गर्ने हो, डराएर नै बैंकिङ कसुरको काम गर्दैन भन्ने हो । यो सिद्धान्तलाई अन्य विकसित मुलुकहरूले लागु गरिसकेका छन्,” उनले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका