जोडिनुहोस
  • होमपेज
  • लागुऔषध ट्रामाडोलसहित ललितपुरबाट चारजना पक्राउ

लागुऔषध ट्रामाडोलसहित ललितपुरबाट चारजना पक्राउ

काठमाडौं । ललितपुर प्रहरीले लागुऔषध ट्रामाडोलसहित चारजनालाई पक्राउ गरेको छ ।

महालक्ष्मी नगरपालिका–१, तिमल्सिना चोकमा रहेको चियाचु क्याफेबाट उनीहरूलाई पक्राउ गरिएको ललितपुर प्रहरीका एसपी नरेश सुवेदीले जानकारी दिए ।पक्राउ पर्नेहरूमा महालक्ष्मीको सानागाउँका २९ वर्षीया सविना महर्जन, सोहीका समीत राजवंशी, अमुल पोखरेल र गोदावरी नगरपालिका–७ का पदम लामा छन् ।

उनीहरूको साथबाट प्रहरीले ७० पत्ता ट्रामाडोल र एक थान खुकुरी समेत बरामद गरेको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका