जोडिनुहोस
  • होमपेज
  • अपराधीलाई छुट दिन वा निर्दोषलाई फसाउन सरकारले दबाब दिँदैन ; प्रधानमन्त्री ओली

अपराधीलाई छुट दिन वा निर्दोषलाई फसाउन सरकारले दबाब दिँदैन ; प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्माले ओलीले अहिलेको सरकार देशमा स्थिरता र विकासका लागि गठन भएको भन्दै यसले संविधान र कानून विपरीत अपराधीलाई छुट दिन वा निर्दोषलाई फसाउन कुनै पनि दबाब नदिने दाबी गर्नुभएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिने र भइहालेमा कडाइका साथ कारबाही गर्नेतर्फ हरदम सचेत भएर काम गर्न निर्देशन दिनुभयो । अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर नागरिकलाई शान्ति सुरक्षा दिने मामिलामा दृढ र ढुक्क भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।

यस्तै प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधुप गर्न नपर्ने भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘झोला थैला बोकेर कसैकामा कुद्नु पर्दैन, अहिलेको सरकार भात–रोटी खान्छ, घुस खाँदैन, तपाईंहरू कर्तव्य पालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नुस्, अवाञ्छित र अनुचित प्रभावमा लागिरहनुपर्ने कुनै आवश्यकता छैन ।’

यस्तै कार्यक्रममा गृहमन्त्री रमेश लेखकले देशमा स्थिरता र शान्ति सुरक्षाका लागि ठूला दलको सहभागितामा सरकार बनेको र यसले काम गरौं भन्ने आत्मबल वृद्धि भएको बताउनुभयो । उहाँले नागरिकको मुद्दालाई प्राथमिकता राख्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका