जोडिनुहोस
  • होमपेज
  • अघिल्लो चुनावमा हस्तक्षेप गरेको आरोपमा ट्रम्पविरुद्ध मुद्दा दायर

अघिल्लो चुनावमा हस्तक्षेप गरेको आरोपमा ट्रम्पविरुद्ध मुद्दा दायर

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फेरि मुद्दा दायर हुन थालेको छ । अमेरिकी न्याय विभागका विशेष काउन्सिल ज्याक स्मिथले ट्रम्पविरुद्ध सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोपमा मुद्दा दायर गर्नुभएको हो । यस अभियोगमा ट्रम्पविरुद्धको चार आपराधिक मुद्दा र यौन दुर्व्यवहारलाई समेत समेटिएको बीबीसीले जनाएको छ ।

ट्रम्पले भने चुनावमा आफूले कुनै पनि हस्तक्षेप नगरेको भन्दै आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावको दौडमा समेत रहेका ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकी नागरिकको ध्यान भङ्ग गर्न र आफूलाई कमजोर बनाउन खोजिएको टिप्पणी गरेका छन् । अमेरिकामा आउँदो नोभेम्बर ५ मा राष्ट्रपतिको चुनाव हुँदैछ । उनको विपक्षमा डेमोक्र्याटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई उम्मेदवार बनाएको छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका