जोडिनुहोस
  • होमपेज
  • प्रचण्डलाई योगेशको जवाफ ; ओलीलाई होइन, तपाईँलाई संसदले स्पष्टीकरण सोध्छ

प्रचण्डलाई योगेशको जवाफ ; ओलीलाई होइन, तपाईँलाई संसदले स्पष्टीकरण सोध्छ

नेकपा एमालेका सचिव योेगेश भट्टराईले प्रधानमन्त्री होइन, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोध्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोलेका भट्टराईले डेडिकेटेड र ट्रङ्क लाइनको विवादमा एक रुपैयाँ पनि छुट दिन हुन्न भन्नेमा आफूहरु प्रष्ट रहेको बताए ।

बरु माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले १६ अर्ब मिनाह गर्ने आशयले निर्णय गरेको भन्दै उनले भने, ‘हिजो विपक्षी दलको नेताले प्रधानमन्त्री केपी ओलीजीलाई स्पष्टीकरण सोध्छु भन्नुभयो । म तत्कालीन प्रधानमन्त्रीलाई भन्न चाहन्छु, तपाईं कुन कानुनका आधारमा कुन अधिकार प्रयोग गरेर नेपाल विद्युत प्राधिकरणको विद्युत बक्यौता छुट दिने निर्णय गर्नुभयो रु यो प्रतिनिधिसभाले तपाईंलाई स्पष्टीकरण सोध्छ ?’

महालेखा परीक्षकले गरेको निष्कर्षमा कुनै टिप्पणी गर्नुपरे लेखा समितिले मात्र गर्ने उनले बताए । तर प्रचण्डले नभएको अधिकार प्रयोग गरेको भन्दै उनले भने, ‘उहाँले अख्तियारको दुरुपयोग गर्नुभयो । यो देशमा अख्तियार छ भने पुष्पकमल दाहालजीलाई सोध्नुपर्छ कि तपाईँले यो अख्तियारको दुरुपयोग किन गर्नुभयो ?’

 

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका