जोडिनुहोस
  • होमपेज
  • रघुजी पन्त भन्छन् ; माओवादी ‘जनयुद्ध’मा कयौँ मान्छे मारिए, त्यो हिंसा नै हो

रघुजी पन्त भन्छन् ; माओवादी ‘जनयुद्ध’मा कयौँ मान्छे मारिए, त्यो हिंसा नै हो

नेकपा एमालेका सांसद रघुजी पन्तले माओवादीले सञ्चालन गरिएको ‘जनयुद्ध’मा हजारौँ मान्छे मारिएकाले त्यो हिंसा नै भएको बताएका छन्।बुधबार बसेको संसद् बैठकमा नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले माओवादीले चलाएको हिंसाका कारण देशले लामो समय लोडसेडिङ झेलेको बताएका थिए । यसैलाई लिएर माओ‌वादी सांसदहरूले नियमापत्तिसहित विरोध जनाएका थिए ।

‘यदि कुनै पनि सांसदबाट असंसदीय शब्द प्रयोग भए त्यसमा आपत्ति उठाउन पाइन्छ’, पन्तले भने, ‘असंसदीय भनेर उठाउने सांसदले त्यो शब्द असंसदीय हो भन्ने सावित गर्न सक्नु पर्छ ।’

पन्तले संविधानमा जनयुद्ध लेखिए पनि त्यसलाई आफूहरूको अनुकुलतमा ब्याख्या गर्न पाइने बताए ।

‘जनयुद्ध भनेर हाम्रो संविधानमा उल्लेख छ । तर त्यो जनयुद्धमा मान्छे मरे कि मरेनन् रु त्यो मान्छे मरेको हिंसा हो कि होइन । यदि हिंसा असंसदीय होइन भने पुष्टि गरौँ’, उनले भने, ‘त्यतिका मान्छे मरेको घटनालाई हामी हिंसा नै भन्छौँ, हिंसालाई हिंसा भन्दा असंसदीय हुँदैन ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका