जोडिनुहोस
  • होमपेज
  • इजरायलद्वारा वेस्ट बैंकु मा ठूलो आक्रमण, कम्तीमा ११ जनाको ज्यान गयो

इजरायलद्वारा वेस्ट बैंकु मा ठूलो आक्रमण, कम्तीमा ११ जनाको ज्यान गयो

इजरायली सेनाको आक्रमणमा वेस्ट बैंकमा कम्तीमा ११ जना प्यालेस्टिनी मारिएका छन् । इजरायलले आफूले कब्जामा लिएको वेस्ट बैंकको उत्तरी क्षेत्रमा ठूलो सैन्य कारबाही शुरू गरेको हो । अल–फरा शरणार्थी शिविरमा भएको हवाई आक्रमणमा ५ तथा जेनिनमा ड्रोन आक्रमण र सशस्त्र झडपमा ६ जना मारिएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इजरायली सेनाले जेनिन र तुलकार्ममा आतङ्कवादी गतिविधि नियन्त्रणका लागि अभियान चलाइरहेको बताएको छ । इजरायली सेनाको यो ठूलो अभियान रहेको तथा एकैसाथ ४ वटा प्यालेस्टिनी शहर– जेनिन, तुलकार्म, नब्लुस र तुबस लक्षित आक्रमण भइरहेको खबरमा उल्लेख छ ।यसैबीच इजरायली सेना जेनिनमा रहेको अस्पतालमा प्रवेश गरेको बताइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका