जोडिनुहोस
  • होमपेज
  • प्रकाश तामाङको नागरिकता चाँडो बनाउने गरी सहजीकरण गर्न प्रधानमन्त्रीको निर्देशन

प्रकाश तामाङको नागरिकता चाँडो बनाउने गरी सहजीकरण गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले युट्युब शृङ्खला हेर्ने कथाको सहयोगमा परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङको नागरिकता चाँडो बनाउने गरी सहजीकरण गर्न गृहसचिवलाई निर्देशन दिनुभएको छ ।

गएराति गृहसचिव एकनारायण अर्याललाई बालुवाटार बोलाएर प्रकाशको नागरितकता बनाउन निर्देशन दिएको र केही दिनमै नागरिकता बन्ने प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । नागरिकता भए प्रकाशको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने भएकाले पनि यो आवश्यकता पूरा गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

तीन दशकअघि गलैँचा बुन्न दिदीसँग झापाबाट काठमाण्डौ आएका प्रकाश तामाङ काठमाण्डौबाट हराएका थिए । गोरखाको चुमभ्यालीमा भेटिएपछि हेर्ने कथाले अहिले भोजपुरमा रहेका प्रकाशका बाबुआमासहित आफन्तसँग पुनर्मिलन गराएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका