जोडिनुहोस
  • होमपेज
  • नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि

नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि

घरेलु टोली नेपाललाई हराउँदै बङ्गलादेशले २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधि जितेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले हरायो । पहिलो हाफमा एक गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा दुई गोल थप्यो । बङ्गलादेशका लागि खेलको पहिलो हाफको इन्ज्युरी समयमा इस्लामले गोल गरे । यस्तै खेलको ५४औं मिनेटमा गोयरी, ७०औं मिनेटमा राबी र इन्ज्युरी समयमा पिआसले गोल गरे । नेपालका लागि खेलको ८१औं मिनेटमा समिर तामाङले एक गोल फर्काए ।

बङ्गलादेशले पहिलो पटक साफको उमेर समूहको उपाधि जितेको हो । यसअघि तीन पटकसम्म फाइनलमा पुगेको बङ्गलादेश उपाधिविहीन थियो । यस्तै नेपालले सन् २०१५ र २०१७ गरी उपाधि जितेको थियो ।

पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा पुगेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका