जोडिनुहोस
  • होमपेज
  • प्रहरीकै मिलेमतोमा झापामा गैरकानूनी धन्दा !

प्रहरीकै मिलेमतोमा झापामा गैरकानूनी धन्दा !

पछिल्लो समय झापालाई तस्करी र गैरकानुनी धन्दा गर्ने अखडा नै बनाईएको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीको गलत भूमिकाका कारण झापा बद्नाम हुन पुगेको हो । प्रहरीका हाकिमले नै गलत कामलाई प्रश्रय दिदै कमाउ धन्दा चलाएको कयौँ तथ्य फेला परेसँगै प्रहरीको भुमिका स्खलित भएको पुष्टि भएको छ ।

झापाका बिभिन्न शहरमा हुँदै आएको वेश्यावृत्ति, अवैध सामान तस्करी देखी गोरु निकासीजस्तो निच काममा समेत कानुनले बर्जित गरेको घुमुवा खटाएर प्रहरीका हाकिमहरुले नै लाईन वापत मासिक लाखौ रकम असुल्दै आएको पाइएको हो ।

घटना नम्बर १
इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको माताहतमा रहेको बिर्तामोड र बसपार्क क्षेत्र बेश्याबृत्तिको अखडा नै बनेको छ । विर्तामोडका डिएसपी प्रकाश बिष्टदेखि प्रदेश प्रहरीका प्रमूख सम्मको आर्थिक मिलेमतोमा बेश्याबृत्ती भइरहेको पाइएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले घुमुवा प्रहरी हवल्दार बल बहादुर तामाङ्गलाई मासिक अशुलीमा खटाएर खुलेआम वेश्यावृत्तिलाई प्रश्रय दिने गरेका छन् । घुमुवा तामाङले नै एक बिचौलिया मार्फत मासिक लाखौ रुपँया बुझ्ने गरेको होटल ब्यवसायी नै बताउँछन् ।

बसपार्क मै होटल संचालन गर्दै आएका एक ब्यक्तिले करिब १० वटा होटलबाट मासिक ४५ हजार रुपँया रकम उठाएर बिर्तामोडका घुमुवा तामाङको हातमा दिने गरेका छन् । उनैले प्रहरी, प्रशासन, स्थानिय तथा अन्य ठाँउमा मिलाउने गरेको अनौपचारीक रुपमा स्विकार गर्छन् । उनले इप्रका अनारमनीमा वर्षौ देखि घुमुवाको रुपमा खटिदैँ आएका हवल्दार बल बहादुर तामाङ्गलाई मासिक प्रतिहोटल ४५ हजार रुपँयाका दरले लगभग ५ लाख रुपँया दिने गरेका छन् । हवल्दार तामाङले उक्त रकमबाट मासिक २ लाख रुपँया माथिल्लो निकायलाई र बाँकी रकम इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपि प्रकाश विष्टलाई बुझाउने गरेको होटल ब्यवसायि नै स्विकार्छन् ।

त्यस्तै बिर्तामोडकै पीशचम स्टेण्ड छेउछाउ वेश्यावृत्ति गराउने ४ वटा होटलको जिम्मा भने बर्षौ अघिबाट यही प्रकृतिको होटल चलाउँदै आएका धर्मे भनिने धर्म तामाङले लिने गरेका छन् । उनले समेत ४ वटा होटलले वेश्यावृत्ति गराएवापत प्रतिमहिना एकमुष्ठ एकलाख रुपँया रकम घुमुवा बल बहादुरको हातमा दिने गरेका छन् ।

तामाङ मार्फत नै यो रकम समेत हाकिमहरुलाई पुग्ने गरेको छ । असुलीमा राम्रो दख्खल रहेका तामाङ हाकीमसँग मासिक बोलकबोल गरेर नै पटक पटक बिर्तामोड आउने गरेको घामजस्तै छर्लङ्ग रहेको कर्मचारी प्रशासनका जुनियर अधिकृत नै बताउँछन् । बिर्तामोडमा मात्रै करिब ३ सय ब्यवसायिक रुपमा यौन कार्य गराउने महिला रहेको बताइएको छ ।

घटना २
वेश्यावृति मात्रै होइन बिर्तामोडमा तासको अखडाबाट समेत हवल्दार तामाङले हप्ता अशुल्दै आएका छन् । धर्मकाँटा रोडमा रहेको पाजु भन्ने ब्यक्तिले तास खेलाएवापत २५ हजार रुपँया प्रतिहप्ता हवल्दार तामाङको हातमा दिने गरेका छन् । त्यस्तै प्रसाई मार्केटमा रहेको धमलाको घरबाट समेत तास खेलाएवापत तामाङले हप्ता अशुल्दै आएका छन् ।

घटना ३
भारतबाट अबैध तरिकाले ल्याइएका खाध्य सामग्री तथा लत्ता कपडाका पोके तस्कर बाट आउने लाईन समेत उनै तामाङलाई हात लाग्ने गरेको छ । यसबाट राज्यलाई दैनिक लाखौ रुपँया घाटा लाग्ने गरेको छ । भारतबाट तस्करी भई बिर्तामोडको बाटो हुदैँ पश्चिम जाने कपडा, किराना, मोटर पाट्र्स लगायतको तस्करहरुसँग समेत हाकिमको लागि रकम उठाउन शिपालु हवल्दार तामाङ्गले तस्करहरु उषा श्रेष्ठ, राजेस श्रेष्ठ, सीता काफ्ले, कला मगर, सुनिता चौधरी, अनिता कन्दङ्गवा लिम्बु, पवित्रा खड्का, उर्मिला, गीता लगायत दर्जन बढीसँग मासिक नजराना उठाउने गरेको पाइएको छ ।

यति मात्रै होइन घुमुवा हवल्दार बल बहादुर तामाङ्गले लागु औषध प्रयोगकर्ताहरुबाट समेत पैसा असुल्ने गरेको स्थानीयको गुनासो छ । यस अघि तामाङकै डिजाइनमा बिर्तामोडका एक जग्गा ब्यापारीको गाडीमा ब्राउनसुगर राखेर पक्राउ गरिएको थियो । निर्दोषलाई फसाउने षडयन्त्र भएको हल्ला हुने भएपछी भित्रभित्रै एउटा परिवारलाई नै भारत भगाएर तामाङलाई जोगाईएको थियो । तर, बजारबाट राम्रो पैसा उठाउने दख्खल भएका तामाङलाई कुनै कार्वाही गर्न नसकिएको जुनियर प्रहरीहरुले नै बताउँने गरेका छन् ।

शसस्त्र र नेपाल प्रहरीका डिआईजीहरुले पैसा खाएर खोले झापा र सुनसरीका नाकाबाट अवैध सामाग्रीको लाईन

कोशी प्रदेशका नेपाल प्रहरीका उच्च प्रैहरी अधिकारीहरुकै ग्रिन सिग्नलमा सुनसरीबाट अबैध लाईन खुलेको पाईएको छ । सुनसरी जिल्लास्थित भारत सँग सिमा जोडिएको हुस्की नाकामार्फत कपडाको अवैध आयत र लसुन र स्याउको।निर्यात गर्न भन्दै हाजी मियाँको नाममा लाईन खुलाईएको छ ।

दुवै संगठनका प्रहरीलाई करिब बिस लाख रुपँया खर्च गरेर लाईन खुलाईएको एक तस्करले नै जानकारी दिएका छन् । हाजी मियाको नाममा लाईन खुलेको भएपनि यसको हर्ताकर्ता भने तस्कर रमेश शाह हुन् । उनिहरुले दैनिक ३ पिकअप कपडा तस्करी गर्ने गरेको स्रोतको भनाई छ । यसरी भित्रिएको कपडा धरान, इटहरी, दमक र बिर्तामोड सम्म पुग्ने गरेका छन् ।

दिलीप यादव र राजन मगरले नक्कली भ्याट बिल बनाएर यस्ता तस्करीका कपडा बजारसम्म पुर्याउने गरेका छन् । यसरी अबैध रुपमा राजस्व छलि भई भित्रिएका कपडा बिर्तामोडस्थित दुर्गा भवानी टेडर्स, नबिन अग्रवाल र कालु मित्तल लगायतका कपडाका थोक बिक्रेताले लिने गरेका छन् । स्मरण रहोस् दुर्गा भवानी टेडस, नबिन अग्रवाल र कालु मित्तलले राजस्व अनुसन्धान बिभाग सम्म सेटिङ गरेर दशकौ अघिबाट तस्करीका सामान बिक्री गर्नेहरुमा पर्छन् ।

यस्तै भारतसँग सिमा जोडिएको झापाका बिभिन्न स्थानबाट समेत कपडा र गोरुको तस्करीमा सशस्त्र प्रहरीकै प्रत्यक्ष संलग्नता देखिएको छ । झापाको पाठामारी–५ स्थित दलेगाउँबाट अरुण शाहले दैनिक २० पोका कपडा मोटरसाईकल मार्फत तस्करी गर्दै आएका छन् । रातभर भारतबाट ओसारीएका तस्करीका कपडा ओसार्न शाहले मात्रै करिब ५ वटा मोटर साईकल खरिद गरेका छन् ।

यसैगरी झापा बजारस्थित कुनिजबारी भन्ने स्थानबाट समेत दिलकुमार श्रेष्ठ नाम गरेका तस्करले अवैध कपडा ल्याउने गरेका छन् । उनले समेत शसस्त्र प्रहरी सेटिङ गरेर दैनिक १० पोका कपडा मोटरसाईकलमा भित्राउने गरेका छन् ।

गोरु निकासीको छुट्टै लाईन
झापाको भद्रपुर स्थित देउनिया र मेची नदीको संगमस्थल र झापा बजारबाट गरी दैनिक करिब आठ सय गोरु भारततिर्फ तसकरी हुदै आएको छ । बिशाल राइृ नाम गरेका गोरु तस्करले भद्रपुरबाट दैनिक ३ सय पचास वटा गोरु पारी तार्ने गरेका छन् । यसवापत शसस्त्र प्रहरीका डिआईजीले राम्रै रकम इन्सपेक्टर भिष्म सापकोटा मार्फत बुझ्ने गरेको स्रोतको भनाई छ ।

त्यस्तै दिल कुमार श्रेष्ठले समेत दैनिक २ सय वटा गोरु झापा बजार आसपासका क्षेत्रबाट भारत तस्करी गर्ने गरेका छन् । झापामा चौतफी तस्करी चल्दा समेत दुवै प्रहरीका जिल्ला कमाण्ड सम्हाल्ने एसपीहरु निरिह देखिएका छन् । प्रदेशका हाकीमको बिरुद्धमा कदम चाल्ने आँट नहुँदा उनिहरु समेत तस्करीमा आँखा चिम्लेर निरीह बनेको आम नागरिकले महशुस गरेका छन् ।

आईजिपीको बोली सुन्दैनन् डिआईजी
नेपाल प्रहरीका आईजिपी बसन्त बहादुर कुँवरले बुधबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको कार्यालय भवन उद्घाटन् गर्दै गलत आचरण भएका एकजना डिआईजीलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । उनले प्रहरीका हाकीमका बैङ्क खाता समेत चेक गर्ने बताईरहदा यता पुर्वका डिआईजी खापुङ भने संगठनकै साखमा आँच आउने गरी तस्करहरुसँग नजराना असुल्न ब्यस्त रहेको तथ्यहरुले बताई रहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका