जोडिनुहोस
  • होमपेज
  • नेपालले सेपाकताक्रो वर्ल्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

नेपालले सेपाकताक्रो वर्ल्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

 काठमाडौं । नेपालले थाइल्याण्डमा आयोजना हुने वर्ल्ड सेपाकताक्रो च्यापियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ ।

सोपाताक्रो एशोसिएसन थाइल्याण्डको आयोजनामा आईएसटीएएफ वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिप यही भदौ १६ देखि २३ गते (सेप्टेम्बर १ देखि ८ सम्म) हुँदैछ ।

वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिप र ३७ औ थाइकिङ कपमा सहभागी हुन जाने १३ सदस्यीय नेपाली टोलीलाई बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरेका छन् ।

नेपाली टिम क्याप्टेनमा रोशन तामाङ, खेलाडीहरु दिपेशजंग थापा, पदमबहादुर ठाडामगर, अलिन जर्गामगर, सुजन थिङ, उमेश बहादुर महतो, चन्द्र चौधरी र सुमित्रा डंगोल सहभागी हुनेछन् । यस्तै टिम नेशिर मास्के आईटीओ, जीतेन्द्र थापामगर टिम म्यानेजर, महेन्द्र राई र श्यामबहादुर श्रेष्ठ प्रशिक्षक तथा सोम माया थापा मगर रेफ्रीका रुपमा सहभागी हुने छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका