जोडिनुहोस
  • होमपेज
  • एसिड पीडित सांसद कंशाकारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने सरकारको निर्णय

एसिड पीडित सांसद कंशाकारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रहेकी एसिड पीडित बिन्दबासिनी कंशाकारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरेको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार, कंसाकारको उपचारमा खर्च भएको रकमध्ये फैसलाबमोजिम मनासिव माफिक क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुल गरी पीडित राहत कोषमा शोधभर्नाको व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

बैठकले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रमका लागि युरोपियन युनियन र युनिसेफबाट २५ मिलियन युरो बराबरको अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ । मन्त्री गुरुङले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रूपमा प्राप्त हुने दुई मिलियन युरो बराबरेको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका