जोडिनुहोस
  • होमपेज
  • बालुवाटार पुगेर प्रकाशले भेटे प्रधानमन्त्री

बालुवाटार पुगेर प्रकाशले भेटे प्रधानमन्त्री

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पार (चुमभ्याली) मा तीन दशक बिताएका प्रकाश तामाङ (काले मोक्तान) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर उनले ओलीलाई भेटेका हुन् ।

सोमबार साँझ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनु भयो, नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ । खुशी लाग्यो । शुभ रात्रि !’
प्रधानमन्त्री ओलीले प्रकाशलाई भेट्न काठमाडौँ बोलाएपछि उनी भोजपुरबाट काठमाडौँ आएका हुन् ।

‘हेर्ने कथा’ नामक युट्युब च्यानलमा प्रशारण भएको ‘हराएका वर्षहरू’ कथा सार्वजनिक भएपछि उनी चर्चामा आएका थिए । प्रकाशको जीवन कथा सार्वजनिक भएपछि ओलीले निवर्तमान गृह सचिव एवं हालका मुख्य सचिव एकनारायण अर्याललाई बोलाएर प्रकाशलाई नागरिकता दिलाउन आवश्यक पहल गर्न निर्देशन दिएका थिए ।

प्रकाशले गएको आइतबार भोजपुरस्थित आफ्नै घरमा नागरिकता पाएका छन् । प्रकाशलाई भोजपुरको षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) मा अवस्थित घरमै नागरिकता प्रदान गरिएको हो । प्रकाश गएको शनिबार गोरखाबाट भोजपुर पुगेका थिए । सानैमा हराएर गोरखा पुगेका उनी घर फर्किएका हुन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका