जोडिनुहोस
  • होमपेज
  • फुटपाथ खाली गराउन निस्किए तुलसीपुर उपमहानगरका मेयर र उपमेयर

फुटपाथ खाली गराउन निस्किए तुलसीपुर उपमहानगरका मेयर र उपमेयर

तुलसीपुर उपमहानगरपालिकास्थित बजार क्षेत्रको फुटपाथ खाली गराउन नगर प्रमुख र उपप्रमुख निस्किएका छन् । उपमहानगरको सार्वजनिक सूचनालाई अटेर गर्दै व्यापारीले सडकपेटी र फुटपाथमै सामान राखेर बेच्न थालेपछि हटाउन नगर प्रमुख टीकाराम खड्का र उपप्रमुख स्यानी चौधरी दलबलसहित अनुगमनमा निस्किएका हुन् ।

बजार व्यवस्थापक र प्रहरीसहित गएको नगर प्रमुखको नेतृत्वको अनुगमन टोलीले सडक र फुटपाथमा सामान नराख्न अनुरोध गरेको छ । उपमहानगरको अभियानलाई अटेर गर्नेको सामान जफत गरिएको छ ।

बजारलाई व्यवस्थित र सुन्दर बनाउन सडकपेटी र फुटपाथ खाली गराउने अभियान थालिएको नगर प्रमुख खड्काले बताए । ‘व्यापारीले सटकपेटी मिचेर सामान राख्दा बजार अस्तव्यस्त भयो,’ नगर प्रमुख खड्काले भने,‘व्यापार गर्ने कोठामा हो । सटकपेटीमा होइन । त्यसैले व्यापारीलाई अनुरोध गर्न पसलमै पुगेका हौँ ।’

अबदेखि बजारमा सटरभन्दा बाहिर सामान राख्न नदिइने बजार व्यवस्थापन शाखा प्रमुख रेखा शर्माले जानकारी दिइन । पहिलो पटक भएकाले सचेत गराइएको बताउँदै उनले फेरि बाहिर सामान राखेको पाइए जफत गरी जरिवानासमेत गरिने उनले बताइन् ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका