जोडिनुहोस
  • होमपेज
  • दल खोलेर एमालेसँग प्रतिस्पर्धा गर्न बालेनलाई एमाले नेताको चुनौती

दल खोलेर एमालेसँग प्रतिस्पर्धा गर्न बालेनलाई एमाले नेताको चुनौती

नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले अहिले जबरजस्ती रूपमा केपी शर्मा ओलीलाई अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका छन् । आज बुधबार रिपोर्टर्स क्लब नेपालले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता प्रकारको भाष्यबाट सचेत हुनुपर्ने बताएका हुन् । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र बालेन शाहलक्षित गर्दै उनले भने, ‘अहिले जबरजस्त रूपमा भाष्य निर्माण गर्न खोजिँदैछ कि केपी ओली अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । हामी त्यसो चाहँदैनौँ । लोकतन्त्रमा सबै फूलहरू फुल्न पाउनुपर्छ, हाँस्न पाउनुपर्छ भन्ने कुरा हो ।’

नेता पोखरेलले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने र एउटा दलको विकल्प अर्को दल हुने बताए । उनले काठमाडौँ महानगरपालिका प्रमुख शाहलाई स्वघोषित पपुलरको संज्ञा दिँदै दल खोलेर एमालेसँग प्रतिस्पर्धा गर्न आउन चुनौती दिए ।

‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । एउटा दलको विकल्प अर्को दल हुन सक्ला । अरू साथीहरू आफूलाई स्वघोषित पपुलर भन्नुभएको छ, उहाँहरूले नि गरे हुन्छ नि त । दल खोलेर हामीसँग प्रतिस्पर्धामा आए हुन्छ । त्यो प्रतिस्पर्धाबाट जनताबाट अब्बल साबित भयो भने, आवधिक निर्वाचन प्रणाली लोकतन्त्रको सुन्दरता हो, हामी तयार छौँ,’– उनले भने ।

साथै, प्रधानमन्त्री ओलीले बालेनलाई सहयोग नै गर्न चाहेको बताए । बालेन भने ओलीविरुद्ध लगातार नेगेटिभ ढङ्गले प्रस्तुत भइरहेको उनको भनाइ छ । एमालेका कुनै पनि नेता, सांसदहरूले अपराध गर्छ भने उनीहरूलाई दण्डित गर्न कसैले नरोक्ने पनि उनले बताए । ‘ओलीजी र बालेन शाहको बिचमा कुनै त्यस्तो म देख्दिनँ । ओलीले उहाँलाई जहिले पनि हामी उहाँलाई सहयोग गर्छौँ भन्ने हिसाबबाटै कुरा राख्नुभएको छ । तर, बालेनजी लगातार रूपमा नेगेटिभ ढंगबाट प्रस्तुत हुनुभएको छ । प्रदेश सांसद रेखाजीको कुरा छ । उजुरी परेर प्रहरीले पक्राउ गर्ने प्रक्रिया किन थालेन रु एमालेले कहाँ बाधा गर्छ रु’ उनले प्रश्न गरे ।

साथै, गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि युवाहरूले व्यक्त गरेको आक्रोशलाई उनले जे मन लाग्यो त्यही मनपरी भएको बताए । जे मन लाग्यो त्यो बोल्नेलाई कुनै पनि कारबाही नगर्ने लोकतन्त्र हुन नसक्ने उनको भनाइ छ ।

‘पञ्चायतकालमा विरोध गर्नेहरूले कति वर्ष जेल बस्नुपरेको थियो रु अहिले त खुल्ला मञ्चको औपचारिक कार्यक्रममा प्रधानमन्त्रीको विरुद्धमा जे मन लाग्यो त्यो बोल्ने, जे मन लाग्यो त्यो बोल्नेलाई कुनै पनि कारबाही नगर्ने लोकतन्त्र हो रु’ उनले प्रश्न गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका