जोडिनुहोस
  • होमपेज
  • बालेन समर्थकको ‘अनफलो’ अभियानबीच ओली भन्छन्- एकछिनको विरोधमा दुस्खी हुन आवश्यक छैन

बालेन समर्थकको ‘अनफलो’ अभियानबीच ओली भन्छन्- एकछिनको विरोधमा दुस्खी हुन आवश्यक छैन

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका समर्थकहरूले अहिले फेसबुकमा अनफलो अभियान चलाइरहेका छन् । खासगरी एमालेकी प्रदेश सांसद रेखा शर्मालाई बालिकाको श्रमशोषण आरोप लगाएका बालेन्द्रले कारबाही नगरेको भन्दै तारन्तार सामाजिक सञ्जालमा लेखेपछि उनका फ्यान पनि उग्र शैलीमा प्रस्तुत भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बालेन्द्रले राखेको एउटा पोस्ट ‘मास रिपोर्ट’मा परेर रिमोभ भएपछि त्यसको दोष उनका फ्यानले प्रधानमन्त्री ओली र एमाले कार्यकर्तालाई लगाएका छन् ।

ओलीले सार्वजनिक रुपमा बालेन्द्रविरुद्ध टिप्पणी नगरे पनि बालेन्द्रका समर्थकहरूले उनको फेसबुकमा अनफलो अभियान चलाएर करिब ६० हजार आसपासमा घटाएका छन् । एमाले सांसद रेखा शर्मालाई कारबाही नगरेर ‌ओलीले जोगाइरहेको जिद्धी गरिरहेका बालेन्द्रका समर्थकले मंगलबारदेखि ओलीलाई अनलफलो अभियान चलाइरहेका छन् । तर त्यसबारेमा ओलीको सचिवालय र ओलीले पनि कुनै किसिमको सार्वजनिक टिप्पणी गरेका छैनन्।

यसैबीच ओलीले आफ्नो फेसबुक पेजमा बुधबार अपरान्ह एउटा भिडियो क्लिप राखेका छन् । जुन क्लिप आफूविरुद्ध थालिएको अनफलो अभियानलाई लक्षित गर्दै पोस्ट गरेको बुझ्न सकिन्छ । जसमा उनले केही क्षणको विरोधबाट दुस्खी हुने र प्रशंसाबाट खुसी हुनुपर्ने कारण नरहेको बताएका छन् । ‘एकछिनको प्रशंसामा खुसी र एकछिनको विरोधमा दुःखी हुनु पर्ने आवश्यकता छैन । सत्यबाहेक अरु केहीको पनि आयु लामो हुँदैन’, उनले भनेका छन् ।

ओलीले आफूलाई थुप्रै साथीहरूले जवान रहेको भन्दै हौस्याउने गरेको पनि सुनाए । ‘मलाई पनि थुप्रै साथीहरूले भेट्दाखेरि जवान नै देखिनु हुन्छ भन्छन्। तर त्यसमा पत्याइ हाल्नुपर्ने जरुरी छैन’, उनले भनेका छन्, ‘भन्दाखेरि त भर्खरको देखिनुहुन्छ भन्छन्, कसैले भर्खरको, एकदम तन्दुरुस्त र जवान देखिनुहुन्छ भनेर साथीहरूले उल्क्याउँछन् । तर म ऐना त हेर्छु नि कति मलाई उल्क्याएको हो, कति साँचो त हो भनेर । ऐनाले सबै कुरा बताइहाल्छ नि १’

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका