जोडिनुहोस
  • होमपेज
  • रेकर्ड भएको ११५ वर्षपछि ‘राजमती’ गीतको नेपाली भर्सन रिलिज

रेकर्ड भएको ११५ वर्षपछि ‘राजमती’ गीतको नेपाली भर्सन रिलिज

काठमाडौं। नेपाली समाजमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुदै आएको र पहिलो पटक करिब ११५ बर्ष पहिला भारतको कोलकात्तामा रेकर्ड गरिएको कालजयी गीत ‘राजमती’को नेपालीभाषामा पनि पुन लेखन, संगीत र एरेन्ज गरी सार्वजनिक गरिएको छ । बुधबार काठमाडौमा आयोजित एक कार्यक्रम बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘राजमती’ गीतको नेपाली भर्सन सार्वजनिक गरे ।

नेपालका पहिलो गायक सेतुराम प्रधानले बि.सं. १९६५ ताका भारतको कोलकात्ता गई नेपाली र नेपाल भाषाका राजमतीसहित १४ वटा गीतहरू आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराएका थिए । नेपालीले ग्रामोफोन डिस्कमा रेकर्ड गराएको राजमति नै पहिलो गित थियो । त्यसयता यो गितले निकै लोकप्रियता हासिल गर्याे । यही सर्वप्रिय गीतलाई नेपाली भर्सनमा गीतकार कृष्णदेव रिमालको भाषा सम्पादन, गायक कृष्ण काफ्लेको स्वर र सन्तोष श्रेष्ठको संगीत संयोजनमा ल्याइएको हो ।

२ सय ५० वर्षदेखि आजको मितिसम्मै उत्तिकै जोस, जाँगर र रसका साथ लगातार गाइने कालजयी गीत राजमतीलाई अझ संसारभरका नेपाली भाषी माझ थप परिचित बनाउने उद्देश्यसहित नेपाली भर्सनमा ल्याएको निर्माता कम्पनी ड्रिम वर्ल्ड अफ फिल्म मेकर्सले जनाएको छ । गीतलाई १०० वर्ष अगाडिको कथावस्तु अनुसार नै बनाइएको र सोही अनुरुप भिडियो निर्माण गरिएको हो । सागर खनाल र सोनी लगुन लगायत धेरै कलाकारको अभिनय रहेको भिडियोको कन्सेप्ट र निर्देशन सबनम मुखियाले गरेकि छन् । गीतको प्रोड्युसर भने रश्मी प्याकुरेल हुनुहुछ ।

नेपाली भर्सनको राजमती रिलिज कार्यक्रममा गायक सेतुराम प्रधानको परिवारलाई सम्मान गरिएको थियो । यस्तै रास्ट्रिय पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार बिजय रत्न तुलाधर र रास्ट्रिय युवा उद्धमी पुरस्कारबाट व्यवसायी फुपु तेञ्जिङ्ग शेर्पालाइ पुरस्कृत गरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका