जोडिनुहोस
  • होमपेज
  • प्रस्तावित राजदूतको सुनुवाइ लम्बियो, समितिको अर्को बैठक २४ गते

प्रस्तावित राजदूतको सुनुवाइ लम्बियो, समितिको अर्को बैठक २४ गते

विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भदौ २४ गतेसम्मका लागि स्थगित भएको छ । एक साताभित्र प्रस्तावित राजदूतहरूको सुनुवाइ सक्ने भनिए पनि समितिको अर्को बैठक २४ गते पुगेपछि सुनुवाइ पनि लम्बिएको हो । राजदूतहरूको सुनुवाइ आइतबारबाट सुरु भएको थियो । अहिलेसम्म १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सकिएको छ । बुधवार दक्षिण कोरिया, साउदी अरब, रुस र दक्षिण अफ्रिकामा प्रस्तावित राजदूतको सुनुवाइ भएको छ । सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूले आ–आफ्नो कार्ययोजना पेस गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका