जोडिनुहोस
  • होमपेज
  • ‘मास रिपोर्ट’ले हटेको बालेनको पोस्ट फेसबुकले फर्काइदियो

‘मास रिपोर्ट’ले हटेको बालेनको पोस्ट फेसबुकले फर्काइदियो

काठमाडौं- ‘मास रिपोर्ट’का कारण हटेको काठमाडौं महानगरका मेयर बालेन्द्र साहको पोस्ट फेसबुकले फिर्ता गरिदिएको छ ।

एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै लेखेको घरेलु बाल श्रमसम्बन्धी स्ट्याटसलाई फेसबुकले केही दिनअघि हटाइदिएको थियो ।

‘मास रिपोर्ट’मा परेर आफ्नो पोस्ट हटेपछि बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दोष लगाएका थिए ।बालेनले भने आफ्नो फेसबुक पोस्ट सरकारले हटाइदिएको भन्दै प्रधानमन्त्री आक्रोश पोखेका थिए ।

बालेनको पोस्टमा रिपोर्ट गरेर हटाउन भूमिका खेलेको भन्दै उनका समर्थकले ओलीको फेसबुक पेजमा अनफलो अभियान चलाएका थिए ।यस क्रममा बालेनका समर्थकले ओलीका करिब ७६ हजार फलोअर घटाइदिएका थिए। । तर ५ लाख ८९ हजारमा झरेका ओलीका फलोअर अहिले बढेर ५ लाख ९३ हजार पुगिसकेका छन् । बालेनले फेसबुकमै लेखेर संघीय सरकारविरुद्ध आक्रोश पोखेपछि उनका समर्थकहरूले अनफलो अभियान चलाएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका