जोडिनुहोस
  • होमपेज
  • नदी किनारको जग्गा खाली गराउँदा जनताको अधिकार हनन् हुन्छ : नेकपा एस

नदी किनारको जग्गा खाली गराउँदा जनताको अधिकार हनन् हुन्छ : नेकपा एस

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नदी किनारका जमिन खाली गराउने अदालतको निर्णयले जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको निष्कर्ष निकालेको छ । उपत्यकाका पार्टीका नेताहरुसँग अध्यक्ष माधवकुमार नेपालले त्यस्तो धारणा राखेका हुन् ।

पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार जनताको पक्षमा उभिने र यसको लागि सबै किसिममा संवाद गर्दै खबरदारी कार्यक्रम गर्न समेत पहल गरिनेछ । पीडित जनतासँग तत्काल अन्तरक्रिया गर्न र पार्टीको धारणा जनतासम्म पुर्याउन पार्टीका सम्बन्धित कमिटीहरुलाई निर्देशन गरेको पनि दिएको छ । एकीकृत समाजवादीले सोमबार काठमाडौंमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने तयारी पनि गरेको खतिवडाले जानकारी दिए ।

उपत्यकाको नदी आसपास ४० मिटर छाडेर मात्रै संरचना बनाउनुपर्ने विषयप्रति असन्तुष्टि बढ्दो छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका