जोडिनुहोस
  • होमपेज
  • पलेशालाई ५ लाख रुपैयाँसहित कांग्रेसको सम्मान

पलेशालाई ५ लाख रुपैयाँसहित कांग्रेसको सम्मान

काठमाडौं– प्रमुख सत्तारुढ नेपाली कांग्रेसले पाराओलम्पिक खेलमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ।

पारा ओलम्पिकमा ऐतिहासिक कास्य विजेता तेक्वन्दो खेलाडी पलेशालाई कांग्रेसले नगद ५ लाख रुपैयाँसहितसहित सम्मान गरेको हो ।कांग्रेसको खेलकुद विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवासहित पदाधिकारीले कास्य पदक विजेता गोवर्धनसहित टोलीका सदस्यहरूलाई नगदसहित सम्मान गरेका हुन् ।

कांग्रेसले ऐतिहासिक पदक विजेता पलेशालाई नगद ५ लाख रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको छ । प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार प्रदान गरिएको छ । यसैगरी, प्रतियोगितामा सहभागी भएका अर्का खेलाडी भरत सिंह महतालाई नगद ५० हजार प्रदान गरिएको थियो । त्यस्तै टिम म्यानेजर रामप्रसाद श्रेष्ठ र तेक्वान्दो संघलाई कदरपत्र प्रदान गरिएको छ । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले पलेशाको पदकले सबै नेपाली खुसी भएको बताउँदै उज्जवल भविष्यको कामना गरे ।

पारालम्पिकमा प्राप्त भएको कास्य पदकले पनि अन्तर्राष्ट्रिय जगतमा इज्जत बढेको बताउँदै सभापति देउवाले भोलिका दिनमा नेपाली खेलाडीलाई राम्रो गर्ने हौसला प्रदान भएको पनि धारणा राखे ।

यस्तै खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई स्वदेशमा टिकाउन र आत्मनिर्भर बनाउनका लागि सरकार गम्भीर रहेको बताए । उहाले खेल क्षेत्रमा रहेका व्यक्तिहरूको परिवार समेत मध्यनजर गरि उनीहरुको रोजगारको उपयुक्त व्यवस्था हुनुपर्नेमा जोड दिए ।

पलेशाले पारा पारालिम्पिकमा के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामो सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । पारालिम्पिकमा पदक जित्ने पलेशा पहिलो नेपाली खेलाडी पनि हुन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका