जोडिनुहोस
  • होमपेज
  • बालकुमारी घटनाः मन्त्री ज्वालाले दिए बयान

बालकुमारी घटनाः मन्त्री ज्वालाले दिए बयान

काठमाडौं। दुई जना युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बयान लिएको छ । मन्त्री ज्वालाले केही दिनअघि आयोगमा आएर बयान दिएका हुन् । उक्त घटनामा प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका विरेन्द्र शाहको मृत्यु भएको थियो ।

कोरिया भाषा परीक्षा सम्बन्धी विवादमा परीक्षार्थीहरुले आन्दोलन गरिरहेका थियो । आन्दोलनका बेला सुरक्षा संवेदनशीलतालाई समेत ख्याल नगरी मन्त्री ज्वालाले सोही बाटो प्रयोग गर्दा भीड उत्तेजित बनेको थियो । सो क्रममा आन्दोलनकारीहरुले मन्त्री ज्वाला सवार गाडीसमेत जलाएका थिए ।

उक्त घटना घट्नुमा मन्त्री ज्वालाले उत्प्रेरक भूमिका निर्वाह गरेको आरोप लागेको थियो । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री ज्वाला पुगेपछि घटनाले उग्र रुप लिएको जवाफ दिएका थिए ।

सरकारले उक्त घटनाको छानविनका लागि उच्च अदालत पाटनका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति बनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics