जोडिनुहोस
  • होमपेज
  • मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री ओली

मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री ओली

काठमाडौं– गत असार ३० गते तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीले संघीय सरकारका मन्त्रीहरूसँग हालसम्मको कामको समीक्षा गर्ने भएका छन् ।

बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारमा प्रधानमन्त्री ओलीले संघीय सरकारका सबै मन्त्रीहरू सहभागी हुने गरी समीक्षात्मक बैठक राखेका छन् ।

उक्त बैठकमा ओलीले सरकार बनेको दुई महिनायताको कामको समीक्षा गर्न लागेका हुन् । ओलीले त्यहीँ मन्त्रीहरूसँग उनीहरूको कार्यप्रगति विवरण पनि लिँदैछन् ।

यो बैठकमा ओलीले सबै मन्त्रीसँग कार्यसम्पादन सम्झौता पनि गर्ने भएका उनको सचिवालयले जानकारी दिएको छ ।

मन्त्रीहरूले तयार गरेको कार्ययोजनामा प्रधानमन्त्री ओलीले सम्झौता गर्ने भएका छन् । त्यसका आधारमा उनले मन्त्रीहरूलाई सम्भावित योजनासहित काम तोक्ने भएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका