जोडिनुहोस
  • होमपेज
  • बाराको निजगढमा जथाभावी रुपमा खोला दोहन !

बाराको निजगढमा जथाभावी रुपमा खोला दोहन !

जितलाल श्रेष्ठ

बारा । निजगढ नगरपालिका भित्र रहेका खोलाको नदीजन्य पदार्थ दहत्तर बहत्तरको ठेक्का लाग्न नसकेसंगै वर्षा याममा बाढीको जोखिम कम गर्न जिल्ला विपत ब्यवस्थापन समिति बारा सहित सरोकारवाला निकायहरुको संयुक्त टोलीले खोलाहरुको निरिक्षण, र अनुगमन गरेको छ । निजगढ नगरपालिकाको आग्रहमा निजगढ नगर भित्रका पसाहा, भक्तलाल—लाल, बकैया र धन्सार खोलाको स्थलगत निरिक्षण, अनुगमन गरिएको हो ।

निजगढ नगरपालिकाको नदीजन्य पदार्थको ठेक्का नलागी रहेको अवस्थामा विपदको जोखिम बारे सरोकारवालाहरुसंग छलफल, परामर्श लिई यसको उचित निकास निकाल्न सकिने जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष एंव बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

पुरानै प्रारम्भिक वातावरण परिक्षण प्रतिवेदन आईईई रिर्पोटको आधारमा खोलामा ठेक्का प्रयोजनका लागि नदीजन्य पदार्थको उत्खनन गर्न सकिने अवस्था छैन । त्यसकारण वर्षायाममा आई पर्न सक्ने विपद्लाई ध्यानमा राख्दै उचित निकास निकाल्ने प्रयास भइरहेको हो ।

निजगढ नगरपालिकाले बकैया, धन्सार, बगर, शक्ती र लाल–भक्तलाल खोलाबाट १ करोड ५६ लाख १४,७४४ घनफिट नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीका लागि भ्याट बाहेक न्यूनतम १२ करोड ४९ लाख १७,९५२ रुपैयामा ठेक्का साकारका लागि १ महिने र १५ दिने सुचना आब्हान गरेपनि ठेक्का लाग्न नसेकपछि तेस्रो पटक ७ दिने सुचना आब्हान गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका