जोडिनुहोस
शुक्रबार, फाल्गुन १५, २०८२
शुक्रबार, फाल्गुन १५, २०८२
  • होमपेज
  • बझाङमा पनि माओवादीले एमाले उम्मेदवारलाइ सघाउने, उम्मेदवारी फिर्ता लिइँदै

बझाङमा पनि माओवादीले एमाले उम्मेदवारलाइ सघाउने, उम्मेदवारी फिर्ता लिइँदै

बझाङ। बझाङमा हुन गइरहेको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवारलाइ सघाउने भएको छ ।

त्यसका लागि बझाङमा नेकपा माओवादीको बैठक बसिरहेको र केही समयमा यसबारे निर्णय हुने माओवादीका प्रदेश अध्यक्ष हरि चौधरीले जानकारी दिए ।

उनका अनुसार आगामी उपचुनावका लागि माओवादीले बझाङमा जनक बुढाले दिएको उम्मेदवार फिर्ता गराइ एमाले उम्मेदवार दमनबहादुर भण्डारीलाई सघाउने औपचारिक निर्णय लिदैँछ । उम्मेदवारी फिर्ता लिनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बझाङ पार्टीलाइ निर्देशन दिएका थिए ।

आगामी १५ वैशाखमा बझाङको प्रदेशसभा– १ मा उपचुनाव हुँदैछ । यसअघि इलाम–२ मा हुने उपचुनावमा पनि माओवादीले एमालेलाई सघाउने निर्णय लिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका