जोडिनुहोस
  • होमपेज
  • आईपीएलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच खेल हुँदै

आईपीएलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच खेल हुँदै

काठमाडौं– इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आज एक खेल हुँदै छ । आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुँदै छ । धर्मशालामा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुँदै छ ।

जारी आइपिएलमा पञ्जाब किंग्सले ११ खेलमा केवल ४ खेल मात्र जितेर ८ अंकसहित आठौँ स्थानमा छ । पञ्जावले यस सिजनमा अहिलेसम्म ७ खेलमा हार बेहोरेको छ ।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले पनि ११ खेलमा ४ खेल जितेको छ र ७ खेलमा हार बेहोरेको छ ।

पञ्जाब किंग्सको कप्तानी शिखर धवनले गरिरहेपनि इन्जुरीका कारण टिम बाहिर रहेका छन् र उनको अनुपस्थितिमा पछिल्ला खेलहरुमा साम कुरानले पञ्जावको कप्तानी गरिरहेका छन् ।

पञ्जावका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्शदीप सिंह, हर्षल पटेल, शशांक सिंह, आसुतोष शर्मा जस्ता खेलाडीको भूमिका महत्वपूर्ण देखिएको छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन, साम कुरान जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

आइपिएलमा पञ्जाब किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाब आठौँ भएको थियो ।

त्यस्तै फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्वपूर्ण हुने छन् भने कप्तान फाफसहित क्यामरुन ग्रीन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन् । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरु छैटौं स्थानमा रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options