
बारा। बाराको पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा आज बिहान बस पल्टिएर दुर्घटना हुँदा ४३ जना घाईते भएका छन् । सो दुर्घटनामा अन्य ८ जना गम्भीर घाइते भएका छन् ।
गएराती एक बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नं। को बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खस्दा बसमा सवार सबै घाईते भएका हुन् । घाईतेहरुको स्थानीय सामुदायिक प्रसुती गृह अस्पताल र सि।टी अस्पताल निजगढमा उपचार भईरहेको छ ।
सामुदायिक प्रसुती गृह अस्पताल निजगढ बारामा ३४ जनामध्ये गम्भीर छ जना र सि।टी अस्पताल निजगढ बारामा गम्भीर दुई जनासहित नौ जनाको उपचार भईरहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक सुमित कुश्वाहाले जानकारी दिए। बसको अगाडिको पट्दा भाँचिदा दुर्घटना भएको बताइएको छ ।